जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

एजेन्सी, २२ पौष । पश्चिमी जापानको शिमाने प्रान्तमा आज ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

स्थानीय मिडियाका अनुसार भूकम्प आएपछि धेरै जना मानिस घाइते भएका छन् । भूकम्प स्थानीय समय अनुसार बिहान १०ः१८ मा पूर्वी शिमाने प्रान्तमा करिब १० किलोमिटरको गहिराइमा आएको उल्लेख गर्दै, मौसम विज्ञान विभागले भूकम्पले जापानको शिमाने र टोटोरी प्रान्तहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।

विभागका खनुसार भूकम्पको केन्द्र ३५.३ डिग्री उत्तरी अक्षांश र १३३.२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । जेएमएका अनुसार ५.१ र ५.४ म्याग्निच्युड मापन गरिएका दुईवटा पराकम्पले समान क्षेत्रलाई स्थानीय समय अनुसार क्रमशः १०ः२८ र १०ः३७ मा प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत