फिल्म ‘पेट्रोल पम्प’ निर्माण गर्दै केकी

काठमाडौँ, २२ पौष । अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिम नयाँ फिल्म ‘पेट्रोल पम्प’ निर्माणमा जुटेका छन् । 

फिल्म केकी अधिकारीको होम प्रोडक्सनबाट बन्नेछ । “बोक्सीको घर रिलिजको समयमा हामीले कुनै इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ,” केकीले भनेकी छन्, “त्यो अवसर अहिले पेट्रोल पम्ममार्फत जुटेको छ ।”

फिल्ममा लेखन तथा निर्देशन सुलक्षण भारतीको रहनेछ । प्रोडुसर भने केकी अधिकारी हुनेछिन् । 

“कलाप्रतिको प्रेम, सिनेमाप्रतिको इमानदारी र कथाप्रतिको गहिरो सम्मानले हामीलाई फेरि एकसाथ बाँध्यो,” केकी भन्छिन्, “बोक्सीको घरलाई यहाँहरूले दिनुभएको माया, विश्वास र साथले हामीले अझ जिम्मेवार महसुस गरेका छौँ । हामीले नयाँ कुरा सोच्ने, नयाँ प्रयास गर्ने हिम्मत जुटाएका छौँ ।”

सोसल ड्रामा जानरामा निर्माण हुने फिल्म ‘पेट्रोल पम्प’ विसं. २०८३ मा रिलिज हुनेछ । फिल्ममा को–को कलाकार हुनेछन् भन्ने निर्माणपक्षले खुलाएका छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित