जितु नेपाल ‘आइ एम जीत बहादुर’ फिल्म बनाउँदै

काठमाडौँ, २२ पौष । कलाकार जितु नेपाल ‘मुन्द्रे’ अब फिल्म निर्माता बन्ने भएका छन् ।

आज बिहान उनले सामाजिक सञ्जालमा फिल्मको फर्स्टलूक पोस्टर सार्वजनिक गर्दै ‘आइ एम जीत बहादुर’ शीर्षकको फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् ।

सुभेन्दु घोषको कथा तथा निर्देशनमा तयार हुने यो फिल्ममा जितु नेपाल निर्माताको रूपमा रहने छन् भने निश्चल कुँवर तथा नीरज नेपाल कार्यकारी निर्माताको रूपमा रहने छन् ।

छायाङ्कन चाँडै प्रारम्भ हुने जनाएको फिल्म सन् २०२६ मै प्रदर्शन हुने लक्ष्य राखिएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छायाङ्कन चाँडै नै, प्रदर्शन मिति चलचित्र तयार भएपछि । हाललाई यत्ति । बाँकी जानकारी बिस्तारै… इमानदार थिएँ, छु र रहने छु । सकभर झुटो बोल्दिनँ, आफ्नो गल्ती आफैँ स्विकार्ने छु ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्