मतदानमा ब्रिटिश प्रधानमन्त्री टरिजाको जित

एजेंसी, २७ मंसिर । अविश्वासको प्रस्तावमाथिको मतदानमा ब्रिटिश प्रधानमन्त्री टरिजा मेलेले जित हासिल गरेकी छन्।

बीबीसीका अनुसार उनले संसदको कुल मतसंख्याको ६३ प्रतिशत मत ल्याएकी छन् र अब एक वर्ष सम्म उनलाई कसैले चुनौती दिन नसक्ने सहमति भएको बताइएको छ।

संसदमा भएको मतदानमा उनको दलका २०० सांसदहरूले उनको पक्षमा मतदान गरेका थिए पनि उनको विपक्षमा ११७ मत परेको थियो।

आफू विरुद्धको अविश्वासको मतमा विजय हासिल गर्ने वित्तिकै उनको कार्यालय रहेको टेन डाउनिङ स्ट्रिटमा बोल्दै मेले अब ब्रिटेनका जनताले चाहेजस्तै ब्रिटेन ईयूबाट अलग हुने ब्रेक्जिटको प्रक्रिया अघि बढाउने बेला आएको बताउदै उनले भनिन, अब हामीले ब्रिटेनका जनतालाई हाम्रो भविष्यका लागि ब्रेक्जिट दिने बेला आएको छ । एउटा त्यस्तो ब्रेक्जिट जसले हामीलाई हाम्रो पैसा, हाम्रो कानुन र हाम्रो सिमानाहरू फिर्ता दिनेछ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा