भेनेजुएलामा भएको अमेरिकी आक्रमणप्रति भारतको चिन्ता

एजेन्सी, २१ पौष । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको घटनाबारे भारतले चिन्ता व्यक्त गरेको छ । भारतले सबै पक्षहरूलाई संवाद र शान्तिपूर्ण उपायबाट समस्याको समाधान गर्न अपील गरेको छ ।

साथै, भारतीय नागरिकलाई भेनेजुएलामा अनावश्यक यात्रा नगर्न चेतावनी जारी गरेको बीबीसी हिन्दीले जनाएको छ । त्यसैगरी ईरान, मलेसिया, कतार र टर्कीसहितका मुस्लिम देशहरूले अमेरिकी कदमको कडा निन्दा गर्दै अन्तर्राष्ट्रिय कानून र राष्ट्रको संप्रभुताको सम्मान गर्न भनेका छन् ।

चीनले यसअघि नै अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानूनको उल्लंघन र ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रको शान्तिका लागि खतरा भनेको छ । जापानले जी सेभेन देशको हैसियतमा भेनेजुएलामा लोकतन्त्रको बहाली र स्थिति स्थिर गर्न सहयोगको प्रस्ताव राखेको छ । यही विषयलाई लिएर आज राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत