सामुदायिक विद्यालयबारे बढी गुनासो मधेशबाट आउँछ : मन्त्री पुन

जनकपुरधाम, २० पौष । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले मधेशका सामुदायिक विद्यालय, शिक्षक र व्यवस्थापन समितिको बारेमा सबैभन्दा बढी गुनासो आउने गरेको बताएका छन् ।

साक्षर मधेश प्रदेश घोषणा तयारी सम्बन्धी एक दीवसीय गोष्ठीमा उनले सातवटा प्रदेश मध्ये आधाभन्दा बढी गुनासो मधेश प्रदेशबाट आउने गरेको खुलाए । अहिलेसम्म मधेश साक्षर घोषणा नहुनु आफ्नो लागि आश्चर्यको विषय रहेको समेत उनको भनाइ  थियो । आगामी २०८३ वैशाख मसान्तसम्म मधेश प्रदेशलाई साक्षर घोषणा गर्ने सरकारले लक्ष्य लिएको छ ।

उनले भने, ‘सामुदायिक विद्यालयको विषयमा थरीथरीका गुनासो आउने गरेका छन् । सातवटा प्रदेश मध्ये आधाभन्दा बढी मधेश प्रदेशका सामुदायिक विद्यालयको गनासो म कहाँ आएको छ । विद्यालय भवन भएको, शिक्षक भएको तर पढाइ नभएको, शिक्षक, व्यवस्थापन समितिले बदमासी गरेका कुराहरु सम्बन्धि गुनासो आउने गरेको छ । मैले त्यस्ता अव्यवस्थित विद्यालयको नाम संकलन गर्न टोलि पठाएको छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ साउन । बङ्गलादेशमा दशकौँमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौँ बालबालिकाको मृत्यु भएको छ । यसले विपन्न परिवारहरूमा गम्भीर

एजेन्सी, १८ साउन । इण्डोनेसियाको पूर्वी जाभा प्रान्त नजिकै जाभा समुन्द्रमा २ सय ५० जनाभन्दा धेरै यात्रु चढेको जहाजमा आगलागी भएको

एजेन्सी, १८ साउन । इजिप्टको तटीय क्षेत्रमा सोमबार बिहान ५ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकन जियोलोजिकल सर्भे (यूएसजीएस)का अनुसार भूकम्प

एजेन्सी, १८ साउन । युद्धविरामको नयाँ पहल सार्वजनिक भएको केही समयमै इजरायलले गाजामा आक्रमण तीव्र बनाएको छ । आइतबार भएका विभिन्न हवाई तथा