एजेन्सी, २० पौष । भेनेजुएलाकी उपराष्ट्रपति रोड्रिगेजले देश कहिल्यै कुनै अन्य राष्ट्रको उपनिवेश नहुने स्पष्ट पार्दै अमेरिकाको आक्रमणप्रति कडा विरोध जनाएकी छिन् ।
टेलिभिजनमा सम्बोधन गर्दै रोड्रिगेजले अमेरिकी हस्तक्षेपलाई ‘जनताको चाहना मोड्न खोज्ने बरबर कदम’ भन्दै आलोचना गरेकी छन्। उनले भनिन्, ‘आज भेनेजुएलासँग जे भइरहेको छ, त्यस्तै कुनै पनि स्वतन्त्र राष्ट्रसँग हुन सक्छ। तर हामी धैर्यवान छौँ र शान्ति तथा स्थिरतापूर्वक हाम्रो बाटो पत्ता लगाउनेछौँ।’
उपराष्ट्रपति रोड्रिगेजको यो सम्बोधन अमेरिकी आक्रमणपछि आएको हो ।






