काठमाडौँ, १९ पौष । बलिउडको चर्चित फ्रेन्चाइजी ‘ओह माई गड’ तेस्रो भागमा अक्षय कुमारसँग मुख्य भूमिकामा रानी मुखर्जी देखिने भएकी छिन् ।
पिंकभिला लगायतका मिडियाका रिपोर्टअनुसार, यसपटक अक्षयसँग मुख्य रानी देखिने भएकी हुन् । दुवै स्टारको पहिलो अन-स्क्रिन जोडी हुनेछ, जसले ९० को दशकका दुई ठूला कलाकारलाई एउटै फ्रेममा ल्याउनेछ ।
फिल्म हाल प्रि-प्रोडक्सन चरणमा छ र छायांकन सन् २०२६ को मध्यतिर सुरु हुने योजना छ । निर्देशन फेरि अमित रायले सम्हाल्दैछन्, जसले ‘ओएमजी २’ मा सामाजिक मुद्दालाई प्रभावकारी तरिकाले प्रस्तुत गरेर प्रशंसा कमाएका थिए ।
स्रोतका अनुसार यो भागको कथा अघिल्लाभन्दा ठूलो, संवेदनशील र समकालीन मुद्दामा आधारित हुनेछ ।






