दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी, १९ पौष । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध पुनः पक्राउ पुर्जी जारी गरेको छ ।

अभियोजनकर्ताहरूले यसअघि युनविरुद्ध देशको शत्रुलाई सहयोग गरेकोलगायत आरोपसहित अभियोग दर्ता गरेका थिए । सैन्य शासन घोषणा गर्ने आफ्नो प्रयासलाई बलियो बनाउन योलले उत्तर कोरियामाथि ड्रोन उडान गर्न आदेश समेत दिनुभएको थियो ।

त्यस मुद्दाका लागि पक्राउ पुर्जीको म्याद यहि जनवरी १८ तारिखसम्ममा समाप्त हुनुपर्ने थियो तर हिजोको आदेशले यसलाई अधिकतम ६ महिनासम्म विस्तार गर्नेछ ।

दक्षिण कोरियाको राजधानी सियोलको जिल्ला अदालतका एक अधिकारीले मुद्दाका प्रमाण नष्ट गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर पक्राउ पुर्जी जारी गरिएको बताएका एएफपीले उल्लेख गरेको छ ।

योल हिरासतमा हुनुहुन्छ र उहाँविरुद्ध धेरै आपराधिक मुद्दामा अनुसन्धान तथा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत