अफगानिस्तानमा बाढीमा परेर कम्तीमा १७ जनाको मृत्यु

एजेन्सी, १८ पौष । अफगानिस्तानमा अचानक परेको ठूलो पानीका कारण धेरै क्षेत्रमा बाढी आएको छ ।  

अधिकारीहरूका अनुसार कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । हेरात प्रान्तको काबकानमा बिहीबार छत भत्किँदा  एकै परिवारका पाँच जनाको मृत्यु भएको हेरातका गभर्नरका प्रवक्ता मोहम्मद युसुफ सईदीले बताएका छन् । पीडितमध्ये दुई जना बालबालिका भएको बताइएको छ । 

अन्यको  मृत्यु पनि सोही जिल्लाहरूमा भएको हो । गम्भीर मौसमले मध्य, उत्तरी, दक्षिणी र पश्चिमी क्षेत्रहरूमा दैनिक जीवनलाई प्रभावित पारेको अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एएनडीएमए)का प्रवक्ता मोहम्मद युसुफ हम्मदले बताएका छन् ।

हम्मदले बाढीले पूर्वाधारमा क्षति पु‍र्याएको छ । कयौं वस्तुभाउको मृत्यु भएको र १ हजार ८०० परिवारलाई असर गरेको बताइएको छ । पहिले नै जोखिममा रहेका शहरी र ग्रामीण समुदायहरूमा अवस्था बिग्रँदै गएको छ । एजेन्सीले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा मूल्याङ्कन टोलीहरू पठाएको र थप आवश्यकताहरू निर्धारण गर्न सर्वेक्षणहरू जारी रहेको उनले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत