७ लाख नगदसहित ७ जना जुवाडे पक्राउ

काठमाडौँ, १६ पौष । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवबाट प्रहरीले ७ जना जुवाडेहरूलाई पक्राउ गरेको छ  ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार जुवा खालबाट ७ लाख ६७ हजार ४७० रुपैयाँ नगद र १५ बुक तास बरामद गरिएको हो । 

खोटाङ घर भएर ठैवमा बस्ने २९ वर्षीय सङ्गीता कार्कीको डेरामा प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरी टोलीले छापा मारेर जुवाडेहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुवा खाल सञ्चालक सङ्गीता कार्की,  युगनेशराज पुरी, भुईँ देउला, विजय खत्री, काले तामाङ, गणेश ठकुरी र रामराजा कुमाल छन् । जुवाडेहरूको ५ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ पौष । काठमाडौँ उपत्यकाका विभिन्न औषधी पसलहरूमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना

काठमाडौँ, १६ पौष । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दिपुरका वर्ष २२ को आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ ।

काठमाडौँ, १६ पौष । अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक

काठमाडौँ, १६ पौष । खोटाङको हलेसीमा चिनियाँ महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार मंगलबार दिउँसो चीनको जिन्स्यु