भारतको औद्योगिक उत्पादन ६.७ प्रतिशतले बढ्यो

एजेन्सी, १६ पौष । भारतको औद्योगिक उत्पादन सूचकांकले नोभेम्बर महिनामा ६.७ प्रतिशतको वृद्धि हासिल गरेको छ ।

संघीय तथ्याङ्क र कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अक्टोबर महिनामा ०.४ प्रतिशत रहेको वृद्धिदर नोभेम्बरमा उल्लेख्य रूपमा बढेको हो ।

मन्त्रालयकाअनुसार औद्योगिक उत्पादनमा आएको यो उछाल मुख्यतया उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रमा भएको ८ प्रतिशतको वृद्धिका कारण सम्भव भएको हो । तथ्याङ्कअनुसार तीन मुख्य क्षेत्रहरूमध्ये खानी क्षेत्रमा ५.४ प्रतिशत र उत्पादन क्षेत्रमा ८ प्रतिशतको वृद्धि देखिएको छ भने विद्युत क्षेत्रमा १.५ प्रतिशतको गिरावट दर्ता भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ