विदेश अध्ययनमा चार महिनामै बाहिरियो सवा ४८ अर्ब

काठमाडौँ, १४ पौष । गएको चार महिना (साउन–कात्तिक) मा वैदेशिक अध्ययनमा ४८ अर्ब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम करिब २८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा यही शीर्षकमा ३७ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको थियो । 

यसअनुसार गएको चार महिनामा विदेशी विद्यार्थीले नेपालमा अध्ययनका लागि १ अर्ब २ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा मुलुक भित्र्याएका छन् । उक्त अवधिमा अध्ययनका लागि नेपालबाट बाहिरिएको रकमबाट विदेशी विद्यार्थीमार्फत नेपाल भित्रिएको रकम घटाउँदा खुद ४७ अर्ब २३ करोड रुपैयाँ नेपालबाट बाहिरिएको देखिन्छ । गत आर्थिक वर्षको यस्तो रकम ३५ अर्ब ९७ करोड रुपैयाँ थियो ।

आर्थिक वर्ष २०८१/८२ मा अध्ययनका लागि मुलुकबाट १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको थियो । यस्तो रकम हरेक पछिल्ला वर्षमा बढिरहेको छ । यसअनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो । आर्थिक वर्ष २०७९/८० मा विदेश अध्ययनकै लागि १ खर्ब ४२ करोड, २०७८/७९ मा ६७ अर्ब ७० करोड रुपैयाँ, २०७५/७६ मा ४६ अर्ब ३२ करोड र २०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । बाढी प्रभावितहरूको उद्धार तथा खोजीका लागि १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाली सेनाको चारवटा

काठमाडौँ, १० भदौ । गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु

काठमाडौँ, १० भदौ । रौतहटको परोहा नगरपालिका–५ रमनगरका १० वर्षीय बालक नासिर कलामको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्ला

काठमाडौँ, १० भदौ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा