चीनद्वारा इन्टरनेट उपग्रह सफलतापूर्वक प्रक्षेपण

एजेन्सी, १२ पौष । चीनले इन्टरनेट उपग्रह ‘लङ मार्च–८ ए’ रकेट दक्षिणी टापु प्रान्त हाइनानबाट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहको एक समूहलाई उसले अन्तरिक्षमा पठाएको हो । ‘लङ मार्च–८ ए’ चीनले विकास गरेको आधुनिक रकेट हो । यसको मुख्य उद्देश्य उपग्रहहरूलाई अन्तरिक्षमा पठाउनु रहेको छ ।

यो लङ मार्च रकेट शृङ्खलाको उन्नत संस्करण मानिन्छ र विशेष गरी पृथ्वी कक्षमा इन्टरनेट, सञ्चार तथा प्रविधिसम्बन्धी उपग्रह प्रक्षेपणका लागि प्रयोग गरिन्छ । उच्च सटीकता, विश्वसनीयता र व्यावसायिक तथा सरकारी प्रयोजनका लागि उपयुक्त क्षमताका कारण ‘लङ मार्च–८ ए’ चीनको अन्तरिक्ष कार्यक्रमको महत्त्वपूर्ण हिस्सा बनेको छ ।

हिजो बिहान ७ बजेर २६ मिनेटमा हाइनानमा रहेको व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट उडेको रकेटले न्यून पृथ्वी कक्षमा रहेका इन्टरनेट उपग्रहहरूको १७औँ समूहलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

यो प्रक्षेपणबाट चीनको अन्तरिक्षमा आधारित इन्टरनेट सञ्जाल विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।     

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत