२०२६ को आम चुनावमा शेख हसिनाको पार्टी बहिष्कृत

एजेन्सी, १० पौष । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग फेब्रुअरी २०२६ मा हुने राष्ट्रिय संसदीय चुनावमा भाग लिन नसक्ने स्पष्ट पारेको छ ।

सरकारले पार्टीको गतिविधिमा प्रतिबन्धका कारण चुनाव लड्न अनुमति नदिने बताएको हो ।

पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले केही अमेरिकी सांसदहरूले अवामी लिगमाथिको प्रतिबन्धबारे चिन्ता व्यक्त गर्दै प्रमुख सल्लाहकारलाई पत्र लेखेको बारे सोधेका थिए । आफूले त्यस्तो कुनै पत्र नदेखेको अनि आफूलाई पत्रबारे थाहा नभएको अन्तरिम सरकारका प्रमुख सल्लाहकारका प्रेस सचिव शफिकुल आलमले भनेका थिए । यद्यपि उनले सरकारको अडान पूर्ण रूपमा स्पष्ट रहेको दोहोर्‍याएका थिए । 

मे महिनाको सुरुमा अन्तरिम सरकारले अवामी लिग र यसका सबै सम्बद्ध र सहयोगी संस्थाहरूको गतिविधिमा प्रतिबन्ध लगाउने राजपत्र सूचना जारी गरेको थियो । यो सूचना गृह मन्त्रालयको सार्वजनिक सुरक्षा विभागले जारी गरेको थियो । सरकारले यो कारबाही आतंकवाद विरोधी (संशोधन) अध्यादेशअन्तर्गत गरिएको र अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणमा मुद्दा पूरा नभएसम्म प्रतिबन्ध लागु रहने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ