भक्तपुर विकासको अर्को कदम : खानेपानी, ढल तथा सडकमा भएका समस्या समाधान हुने

काठमाडौँ, २५ मङ्सिर । विकास र समृद्धिलाई पच्छ्याइहेको भक्तपुरमा पुनः जनतामा अर्को खुसि थप्दै खानेपानी, ढल, सडक लगायतमा भएका समस्या तत्कालै समाधान खोजीने भएको छ ।

आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेड अयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका खानेपानी तथा सफाई आयोजना मेलम्ची उप–आयोजनाको कार्यालय अनामनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, आयोजनाका प्रमुख तिरेशप्रसाद खत्री, हाईवे प्रमुख सूर्य भाट लगायतको टोलिसँग भएको भएको छलफलमा मेलम्ची खानेपानी आयोजना र सडकबीच समन्वय गरी भक्तपुरमा भएका खानेपानी, ढल तथा सडक लगायतका समस्या समाधान गर्ने समझदारी भएको छ ।

मेलम्ची आयोजना तथा सडक विभाग लगायतको मुख्य योजना नै सडकको बृद्धि मुख्य उद्देश्य रहेको बताइएको छ । संघिय कार्यान्वयनसँगै कर्मचारी सरुवा बढुवा, आर्थिक समस्या, कार्यक्षेत्र लगायतका समस्याहरु रहेता पनि एक आपसमा ती समस्यालाई समाधान गरी निर्माण भइरहेका आयोजनालाई प्रभावकारी ढंगले अघि बढाइने भएको हो ।

भक्तपुरका ढक, खानेपानी तथा सडकको समस्या समाधान गर्न हाईवेले प्राविधिक तथा आर्थिक रुपमा आयोजना र नगरपालिकाले समन्वय गरी व्यवस्थापन गर्ने समेत सहमति भएको छ ।

चुनदेवीदेखि घलातेसम्मको सर्भिर रोड, राधेराधेदेखि कृषि तालिम केन्द्र बोडे, सिर्जना नगरदेखि कटुञ्जे जाने सडक लगायतका सर्भिस रोडमा ढल व्यवस्थापन गर्न मेलम्ची आयोजना तथा हाईवेले समन्वय गरी समस्या समाधान गर्नुपर्नेमा सांसद बस्नेतले जोड दिनुभएको छ । त्यस्तै उहाँले सडकसँग करिडोर जोड्नुपर्ने भएकाले अहिले नै आयोजना तथा हाईवेले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै आयोजना प्रमुख खत्रीले तत्कालै प्राविधिक टोली खटाई सडक, खानेपानी तथा ढकका समस्या समाधान गर्न अघि बढ्ने बताउनुभयो । उहाँले हाईवे तथा आयोजना दुवै नेपाल सरकारको आयोजना भएकाले दुई तर्फि खर्च भन्दा पनि आयोजना तथा सडक दुवैले समन्वय गरी एउटै खर्चमा व्यवस्थित तरिकाले समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्