काठमाडौँ, ९ पौष । बलिउड फिल्म ‘धुरन्धर’ सन् २०२५ मा विश्वब्यापी ९०० करोडभन्दा धेरै कमाउने पहिलो भारतीय फिल्म बनेको छ । तेस्रो सातामा पनि यसको बक्सअफिस आँकडा स्थिर देखिन्छ ।
यो गति कायम रहे, यसले चाँडै विश्व बक्सअफिसमा १००० करोड भारुको आँकडा पार गर्ने निश्चित छ ।
भारतीय बक्सअफिसमा मंगलबारसम्म फिल्मको कूल कमाइ ६१९.३० करोड भारु छ । तेस्रो सातामा पनि फिल्मको कमाइमा भयंकर गिरावट देखिएको छैन ।
तेस्रो साताको शुक्रबार २३.७० करोड भारु, शनिबार ३५.७० करोड भारु, आइतबार ४०.३० करोड भारु, सोमबार १९.७० करोड भारु, मंगलबार २०.४० करोड भारु नेट कमाइ छ ।
फिल्मले भारतीय बक्सअफिसमा क्रिसमस छेकोमा अझै उछाल कमाइ गर्ने प्रक्षेपण छ । बलिउड ब्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्म त्यहाँको बक्सअफिसमा ७०० करोड भारुको कमाइतर्फ अघि बढेको छ ।
भारतीय विदेश मन्त्रालयले पाकिस्तानमा चलाएको ‘धुरन्धर’ नामक जासूसी अप्रेसनको कथा यसभित्र छ । फिल्मको शीर्ष भूमिकामा देखिएका रणवीर सिंहले भारतीय जासूसको भूमिका निर्वाह गरेका छन् ।






