कुवेतले बन्दरगाह निर्माण गर्न चीनसँग ४ अर्ब १० करोड डलरको सम्झौतामा हस्ताक्षर गर्‍याे

एजेन्सी, ९ पौष । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग झन्डै ४ अर्ब १० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।

सार्वजनिक खर्चको अनुगमन गर्ने सरकारी निकाय स्टेट अडिट ब्युरोले बौब्यान टापुमा निर्माणाधीन मुबारक अल–कबीर बन्दरगाह परियोजना पूरा गर्न इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) सम्झौता अन्तर्गत ४ अर्ब १६ करोड ४० लाख डलर खर्च हुने जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

कुवेतका प्रधानमन्त्री शेख अहमद अल–अब्दुल्लाह अल–सबाहले यो परियोजना कुवेतका लागि रणनीतिक महत्त्वको रहेको उल्लेख गर्दै यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय व्यापारमा देशको उपस्थिति सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको खबरमा उल्लेख छ ।

प्रधानमन्त्री अल–सबाहका अनुसार मुबारक अल–कबीर बन्दरगाह सम्पन्न भएपछि कुवेतको भूमिका विश्वव्यापी आपूर्ति शृङ्खलामा अझ मजबुत हुनेछ र देशलाई व्यापारिक केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ ।

यसअघि सन् २०२३ मा कुवेतले मुबारक अल–कबीर बन्दरगाह, आवास विकास, पानी प्रशोधन तथा नवीकरणीय ऊर्जाजस्ता परियोजनाहरूमा चीनसँग सात वटा समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । ती सम्झौताले दुवै देशबीच दीर्घकालीन सहकार्यको आधार तयार पारेका थिए ।

चीनले राष्ट्रपति सी जिनपिङको नेतृत्वमा विकास गरिएको विशाल विश्वव्यापी पूर्वाधार परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) को हिस्साका रूपमा पछिल्लो दशकमा मध्यपूर्व क्षेत्रमा विशेष ध्यान केन्द्रित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ