‘टाइगर कप’ भलिबल माघ ९ देखि

काठमाडौँ, ९ पौष । पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म ‘टाइगर कप’ राष्ट्रिय/अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता हुने भएको छ । 

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले मंगलबार पत्रकार सम्मेलन गरी छैटौँ संस्करणको उक्त महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । 

आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितामा सात महिला तथा सात पुरूष गरी १४ टोलीले प्रतिस्पर्धा गर्ने निश्चित भएको बताए । उनले महिलातर्फ थाइल्यान्डका दुई तथा पुरुषतर्फ मालदिभ्सको राष्ट्रिय टोली र भारत गुजरातको एक गरी चार विदेशी टोलीको सहभागिता रहने जानकारी दिए । 

महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड, थाइल्यान्ड क्विन्स, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपिएफ क्लब, टिपटप न्यू डायमन्ड युथ स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब रुपन्देहीको सहभागिता हुने छ ।

यसैगरी पुरुषतर्फ माल्दिभ्स भलिबल एसोसिएसन, भारतको गुजरात भलिबल क्लब, गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ तथा विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपिएफ क्लबको सहभागिता हुने जनाइएको छ ।

छैटौँ संस्करणको च्याम्पियन हुने महिला तथा पुरुष टोलीले समान ६ लाख ६६ हजार ६६६, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले नगद तीन लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टोलीले नगद रु एक लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार