ईपीएल क्रिकेटमा भैरहवाले चितवनलाई हरायो

काठमाडौं, २५ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्सलाई १२ रनले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा चितवनको लगातार तेस्रो हार भएको छ ।  १४४ रनको मध्यम स्कोर पछ्याउँदै ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३१ रन मात्रै बनाउन सक्यो ।

चार ओभरकै समाप्तिमा ४९ रन बनाएको चितवनले ४।१ ओभरमा ओपनर सन्दीप सुनारलाई ९ रनमा गुमाएपछि दबाबमा आएको थियो । चितवनको ५३ रन हुदा आक्रमक खेल खेलेका पाउल स्टिर्लिङ ३८ रनमा आउट भएसँगै विकेट पतन सुरु भएको थियो ।

भैरहवाका लागि रायन टेन डोइस्च्याटले ३५, प्रदीप ऐरीले २६ र रवि इन्दर सिंहले २५ रन बनाए । बलिङतर्फ चितवनका सागर ढकालले तीन विकेट लिए । त्यस्तै, जर्ज स्कटले दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ कार्तिक । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, १ कार्तिक । २०८३ साल कार्तिक १ गते आइतबारको राशिफल ।  मेष : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधार

काठमाडौँ, ३१ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादका क्रममा धकेल्दा एक वृद्धको मृत्यु

काठमाडौँ, ३१ असोज । झापाको अर्जुनधारामा अवैध रूपमा तास/जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ ।  अर्जुनधारा नगरपालिका