साउदीमा मृत्युदण्ड पाउनेको संख्या बढ्यो

एजेन्सी, ७ पौष । साउदी अरबमा यस वर्ष मृत्युदण्ड पाउने व्यक्तिहरूको संख्या गत वर्षको तुलनामा बढेको छ ।

रिपोर्टअनुसार, यस वर्ष अहिलेसम्म कम्तीमा ३४७ जनालाई मृत्युदण्ड दिइएको छ, जबकि गत वर्ष यो संख्या ३ सय ४५ थियो ।

ब्रिटेनस्थित एक मानवअधिकार समूहका अनुसार, यो साउदी अरबमा ‘सर्वाधिक रक्तपातपूर्ण वर्ष’ हो। यस वर्ष मृत्युदण्ड पाएका मध्ये दुई जना पाकिस्तानी नागरिक छन्, जसलाई ड्रग सम्बन्धी मुद्दामा दोषी करार गरिएको थियो । त्यस्तै, एक जना पत्रकार, दुई जना युवा (जुन विरोध प्रदर्शनको समयमा नाबालिग थिए) र पाँच महिला पनि समावेश छन्।

मृत्युदण्ड पाउने आधा भन्दा बढी व्यक्ति विदेशी नागरिक थिए र अधिकांशलाई ड्रगसम्बन्धी मुद्दामा मृत्युदण्ड दिइएको बताइएको छ ।  संयुक्त राष्ट्रसंघका अनुसार, यस्तो अपराधमा मृत्युदण्ड दिने अभ्यास ‘अन्तर्राष्ट्रिय मापदण्ड विपरीत’ हो ।

साउदीका अधिकारीहरूले यस विषयमा हालसम्म कुनै टिप्पणी नगरेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ