काठमाडौँका अधिकांश विद्यालय आज बन्द

काठमाडौँ, ७ पौष । काठमाडौँ उपत्यकाका अधिकांश विद्यालय आज बन्द भएका छन् । जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेपछि विद्यालय बन्द भएका हुन् । 

उपत्यकाका विद्यालयले विद्यार्थी र अभिभावकलाई सूचना पठाएर आज विद्यालय बन्द रहने जानकारी दिएका छन् । 

नेकपा जनपक्ष पार्टी निकट विद्यार्थी संगठन जनपक्षीय विद्यार्थी युनियन, नेपालले विभिन्न १८ बुँदे माग राखेर हड्तालको घोषणा गरेको छ । युनियनले विद्यालयले उठाउँदै आएको शूल्कमा ५० प्रतिशत घटाउनुपर्ने, माध्यमिक तहसम्म निःशुल्क शिक्षा पूर्णरूपमा लागु हुनुपर्ने माग गरेको छ । 

अन्य मागमा सरकारी विद्यालयमा अंग्रेजी र राष्ट्रिय भाषामा अध्ययन–अध्यापन गराउनुपर्ने, कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई मासिक  ५०० रुपैयाँ विद्यार्थी भत्ता उपलब्ध गराउनुपर्ने युनियनको माग छ । 

युनियनले कलेज तहमा अध्ययन गर्ने इच्छुक सबै विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार हुने वातावरण सिर्जना गर्न सरकार जमानी बसेर प्रत्येकलाई न्यूनतम १० लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्नेलगायत माग राख्दै शैक्षिक हड्ताल घोषणा गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । बाढी प्रभावितहरूको उद्धार तथा खोजीका लागि १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाली सेनाको चारवटा

काठमाडौँ, १० भदौ । गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु

काठमाडौँ, १० भदौ । रौतहटको परोहा नगरपालिका–५ रमनगरका १० वर्षीय बालक नासिर कलामको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्ला

काठमाडौँ, १० भदौ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा