अमेरिकाले फेरि कब्जा गर्‍यो भेनेजुएलाको तेल ट्यांकर

एजेन्सी, ६ पौष । अमेरिकी तट रक्षक बलले भेनेजुएला तट नजिक अर्को एक तेल ट्यांकर बोकेको जहाज कब्जामा लिएको छ ।

यसले दुई देशबीचको तनाव झन् बढाएको छ भने भेनेजुएलाको तेल निर्यातमा असर परेको छ ।

अमेरिकाले यसअघि तेल बोकेका जहाजमा लागूऔषध रहेको भन्दै कब्जा गरेको थियो । साथै भेनेजुएलाबाट आउ–जाउ गर्ने सबै तेल ट्यांकरलाई रोक लगाएको थियो ।

यसैक्रममा अमेरिकाले तेल बोकेको भेनेजुएलाको ट्यांकर कब्जा गरेको हो । युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्योरिटीले त्यसको पुष्टि गरेको छ ।

होमल्याण्ड सिक्योरिटी डिपार्टमेन्ट सेक्रेटरी क्रिस्टी नोएमले तेल ट्यांकर कब्जामा लिएको भिडियो एक्समा सेयर गर्दै लेखेकी छन्, ‘ २० डिसेम्बरको बिहान एक एक्सनमा यूएस कोस्टगार्डले डिपार्टमेन्ट अफ वारको मद्दतमा एक तेल ट्यांकर कब्जामा लियो, जुन भेनेजुएलाबाट छुटेको थियो ।’

अपरेसनको सात मिनेट लामो भिडियोमा अमेरिकी हेलिकप्टर एक जहाजको डेकमा उत्रिएको देखिन्छ । त्यसको साइडमा सेन्चुरीज लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर