पाकिस्तानका पूर्वप्रधानमन्त्री खान दम्पतीलाई १७ वर्षको जेल सजाय

एजेन्सी, ६ पौष । पाकिस्तानको सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुसरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतको आदेशको प्रतिलिपिलाई उद्दृत गरी ‘डन’ले जनाएअनुसार दुवैलाई १ करोड ६४ लाख रुपैयाँ जरिवाना पनि गरिएको छ । त्यो जरिवाना तिर्न नसके थप जेल सजाय हुनेछ । भ्रष्टाचार र गोपनीयता भङ्गगरेकोसहित विभिन्न आरोपमा जेल सजाय भोगिरहेका खान अहिले रावलपिन्डीको अडियाला जेलमा रहेका छन् ।

उनकी श्रीमती बुसरालाई पनि १७ वर्षको जेल सजाय सुनाइएको खबरमा उल्लेख छ । खान कुनै बेला अन्तर्राष्ट्रिय क्रिकेटमा ख्यातिप्राप्त पाकिस्तानी खेलाडी थिए ।

उनी पछि राजनीतिमा प्रवेश गरे अनि देशको प्रधानमन्त्री समेत बने । खान र बुसराले यी सबै अभियोगलाई अस्वीकार गर्दै राजनीतिक प्रतिशोध साधिँएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ