जापानमा ब्याजदर ३० वर्ष यताकै उच्च बिन्दुमा

एजेन्सी, ५ पौष । जापानको केन्द्रीय बैंक (बैंक अफ जापान–बीओजे) ले दुईदिने मौद्रिक नीति बैठकपछि आफ्नो बेन्चमार्क ब्याजदर २५ आधार बिन्दुले बढाएर ०.७५ प्रतिशत पुर्‍याएको छ । जुन तीन दशकयताकै उच्च स्तर हो ।

यो वृद्धि जनवरीयताको पहिलो रहेको चिनीयाँ समाचारसंस्था सिन्हले जनाएको छ । प्रधानमन्त्री सानाइ ताकाइचीको प्रशासन अन्तर्गत पनि पहिलो हो । जो आक्रामक राजकोषीय नीति र मौद्रिक सहजताका पक्षधर हुन् ।

यो कदम केन्द्रीय बैंकको मौद्रिक सामान्यीकरणतर्फको पछिल्लो प्रयासको हिस्सा हो । जसअन्तर्गत बीओजेले सन् २०२४ मार्चमा नकारात्मक ब्याजदर नीति समाप्त गरेको थियो । केन्द्रीय बैंकले सन् २०२४ जुलाई र जनवरीमा पनि नीति ब्याजदर बढाएको थियो ।

ताकाइची सत्तामा आएयता जापानको राजकोषीय स्वास्थ्य थप बिग्रने चिन्ताका कारण येन मुद्रा तिब्र रूपमा अवमूल्यन भएको छ । जसले मुद्रा र सरकारी ऋणपत्रहरूको विक्रीलाई प्रोत्साहन गरेको छ । जापानमा निरन्तर मुद्रास्फीति र नकारात्मक वास्तविक ब्याजदर कायम रहेकाले थप ब्याजदर वृद्धिको बजार अपेक्षा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर