युक्रेनको सन्दर्भमा हाम्रा लक्ष्य पूरा भएरै छाड्नेछन् : पुटिन

एजेन्सी, ५ पौष । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा आफ्ना सबै सैन्य उद्देश्यहरू हासिल गरेरै छाड्ने बताएका छन् ।

चार घण्टाभन्दा बढी समय चलेको पत्रकार सम्मेलनमा उनले रुसी सेनाले सम्पूर्ण मोर्चामा रणनीतिक लाभ हासिल गरेको बताएका छन् । युक्रेनको सेना हरेक क्षेत्रमा पछि हटिरहेको उनको दाबी छ । 

पुटिनले किभले शान्ति वार्ताका लागि रुसका सर्तहरू नमाने मस्कोले सैन्य बलमार्फत नै आफ्ना लक्ष्य हासिल गर्ने स्पष्ट पारे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको शान्ति योजनामा द्वन्द्वका मूल कारणहरू सम्बोधन गर्न आवश्यक रहेको पुटिनले बताए ।

उनले नेटोका महासचिव मार्क रुट्टेका भनाइहरूलाई बकवास भन्दै अस्वीकार गरे । ट्रम्पको राष्ट्रिय सुरक्षा रणनीतिले रुसलाई प्रत्यक्ष शत्रु नमान्ने बताए ।

पुटिनले युरोपेली नेताहरूले अझै पनि अमेरिकी राजनीतिमा परिवर्तनको आशा गरेको आरोप लगाए ।

युरोपेली संघ (ईयू)ले युक्रेनलाई ९० अर्ब युरो ऋण दिने निर्णयमाथि पनि पुटिनले प्रतिक्रिया जनाए । पुटिनले युक्रेनलाई सहयोगका लागि रुसी सम्पत्तिको कुनै पनि प्रयोग डकैती जस्तै हुने बताए । उनले यस्तो कदमले लगानीकर्ताहरूको विश्वास भत्किने र युरो क्षेत्रको विश्वसनीयतालाई ठूलो क्षति पुर्‍याउने चेतावनी दिए ।

पुटिनले रुसी सेनामा स्वयंसेवकहरूको कमी नभएको र यो वर्षसम्म चार लाखभन्दा बढी व्यक्तिहरू स्वेच्छाले सेनामा भर्ती भएका दाबी गरे । एपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ