काठमाडौं, २५ मंसिर । अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका कार्यबहाक अध्यक्ष रश्मि आचार्य र कांग्रेस निकट नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले संयुक्त विज्ञप्ति निकाली विद्यार्थीहरुलाई रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।
विद्यार्थी संगठनहरुले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेताहरुलाई रिहा गर्न माग गरेका हुन।





