‘परान’ बन्यो धेरै कमाउने चौथो नेपाली फिल्म

काठमाडौँ, ४ पौष । नीर शाह स्टारर ‘परान’ नेपाली फिल्म इतिहासमा अहिलेसम्म सर्वाधिक कमाउने चौथो फिल्म बनेको छ ।

प्रदर्शनको ४९ औं दिन विहिबारसम्म फिल्मले सिनेपाः बक्सअफिसमा देशब्यापी १७ करोड ५५ लाख ३४ हजार ५३० नेरु ग्रस कमाएको छ ।

यो कमाइसँगै फिल्मले ‘छक्कापञ्जा ४’ र ‘जारी’ को कमाइलाई पनि उछिनेको छ ।

‘छक्कापञ्जा ४’ को कमाइ १७ करोड ५३ लाख २ हजार ६११ नेरु ग्रस र ‘जारी’ को कमाइ १७ करोड ४८ लाख १ हजार ४५९ नेरु ग्रस थियो । ‘परान’ ले शनिबार प्रदर्शनको गौरवमय ५१ दिन मनाउँदैछ ।

अब, ‘परान’ भन्दा धेरै कमाइ गर्ने तीन फिल्ममा ‘१२ गाउँ’, ‘कबड्डी ४’ र सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ मात्र छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा