शान्ति वार्ता असफल भए थप भूमि कब्जा गर्नेे जेलेन्स्कीलाई पुटिनको चेतावनी

काठमाडौँ, ३ पौष । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति वार्ता रुसका सर्तअनुसार अगाडि नबढेमा रुसले युक्रेनमा आफ्नो नियन्त्रण भएको क्षेत्रलाई थप विस्तार गर्ने चेतावनी दिएका छन् । 

पुटिनले यो चेतावनी वरिष्ठ सैन्य कमान्डरहरूको वार्षिक बैठकमा दिएका हुन् । उनले कूटनीति असफल भएमा रुसले सैन्य शक्तिको बलमा आफ्ना लक्ष्य हासिल गर्ने संकेत गरेका छन् ।

पुटिनले रुसले संघर्षलाई वार्ताबाट समाधान गर्न चाहेको र युद्धका मूल कारणहरूको अन्त्य गर्न तत्पर रहेको बताएका छन् । 

तर, उनले विपक्षी र उसका विदेशी समर्थकहरूले गम्भीर संवाद इन्कार गरे रुसले सैन्य कारबाहीको बाटो अपनाउने पनि स्पष्ट पारे । 

पुटिनको यो भनाई त्यस्तो समयमा आएको छ, जब युक्रेनले युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रियस्तरमा प्रयासहरू तीव पारिरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले हालै उच्चस्तरीय बैठकहरूपछि सम्झौता पहिलेभन्दा नजिक रहेको बताएका थिए । 

अमेरिका, युक्रेन र युरोपेली देशहरूबीच सुरक्षा ग्यारेन्टी र सीमाहरूसम्बन्धी वार्ता चलिरहेको छ । यद्यपि, नेटो सदस्यताजस्ता मुद्दामा अझै सहमति बन्न सकेको छैन ।

पुटिनले रुसी सेनाले सम्पूर्ण फ्रन्टलाइनमा रणनीतिक अग्रता बनाएको दाबी गरेका छन् । उनले रुस–युक्रेन सीमाको नजिक सुरक्षा बफर जोनलाई थप विस्तार गर्ने पनि बताए । एनबीसीन्युज

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ