प्रदीप खड्कालाई रास्वपामा आउन रविको आग्रह

काठमाडौँ, २ पौष । अभिनेता प्रदीप खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् ।

मंगलबार नख्खु कारागार पुगेर खड्काले रविलाई भेटेका हुन् । रविले प्रदीपलाई रास्वपाबाट राजनीतिमा आउग आग्रह गरेका थिए ।

प्रदीपले भने, “उहाँ (रवि लामिछाने)ले तपाईं चुनौती स्वीकार गर्ने मान्छे हो, राजनीतिमा खुल्नुस् भन्नुभयो,” “तर, मैले अहिले तपाईंहरू हुनुहुन्छ, यो राजनीतिकलाई क्लिन गर्नुस् भने । भोलि परिआएको अवस्थामा आउँला तर अहिले आठ/दश वर्ष चलचित्रमा नै रहन्छु भनेँ ।” 

गोपिकृष्ण मुभीजको चलचित्र ‘रोज’ गर्दादेखि नै रविसँग चिनजान रहेको भन्दै प्रदीपले रविसँग ४५ मिनेट कुराकानी भएको बताए । नयाँ सरकार आएको तीन महिना बितिसके पनि अपेक्षित काम हुन नसकेको रविको गुनासो रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने

काठमाडौँ, २ असोज । २०८३ साल असोज २ गते शुक्रबारको राशिफल । मेष : तपाईंका लागि दिन सामान्य छ ।

काठमाडौँ, १ असोज । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३

काठमाडौँ, १ असोज । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।