बालेनले ल्याए ‘आम नेपाली बुवा’

काठमाडौँ, २९ मंसिर । मेयर बालेन शाहको आवाजमा फिल्म ‘झरीपछिको इन्द्रेणी’ को शीर्षगीत ‘आम नेपाली बुवा’ युट्युबमा सार्वजनिक गरिएको छ ।

आइतबार बेलुका बालेनको आफ्नै युट्युब च्यानलमा गीत रिलिज भएको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ लाई र्‍याप शैलीमा गीत कम्पोज गरिएको छ ।

र्‍याप गायन र लिरिक्स बालेनकै छ । दीक्षा उप्रेतीको कोरस गायन छ । बालेनले यो गीत हालै दिवंगत भएका आफ्ना बुवा डा. रामनारायण शाहप्रति समर्पित गरेका छन् ।

यो गीतको मौलिक संगीतकार चाहिँ रञ्जित गजमेर हुन् भने ओर्जिनल गायक रविन शर्मा हुन् । भिडियोमा फिल्मका दृश्यलाई समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने

काठमाडौँ, २ असोज । २०८३ साल असोज २ गते शुक्रबारको राशिफल । मेष : तपाईंका लागि दिन सामान्य छ ।

काठमाडौँ, १ असोज । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३

काठमाडौँ, १ असोज । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।