यो वर्ष चिसोबाट नागरिकले ज्यान गुमाउनु पर्दैन : प्रम ओली

काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष तराईका नागरिकले चिसोबाट ज्यान गुमाउनु नपर्ने बताउनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले ७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज यहाँ उहाँले विगतका वर्षहरुमा शीतलहरका कारण तराईका नागरिकले ज्यान गुमाउनु परेको हुँदा यस वर्ष चिसोबाट बचाउन शीतलहर शुरु हुनु अगावै न्यानो कपडा वितरण गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

प्रम ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताउनुभएको छ । उहाँले निर्दोष बालिकाको बलात्कारपछि हत्या हुनु अत्यन्तै दुःखद् रहेको उल्लेख गर्दै घटनाका दोषीलाई पहिचान गरी छिट्टै कारवाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्