एनपीएलकोे आज फाइनल : सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ, २७ मंसिर । नेपाल प्रिमियर लिग एनपीएलकोे फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुँदैछ ।

आजको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । लिग चरणका २८ खेल र प्लेअफका ३ खेल सकिएपछि उपाधि विजेता तय गर्ने निर्णायक खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ ।

सुदूरपश्चिम रोयल्सले फाइनलसम्मको यात्रामा आफूलाई निकै बलियो रुपमा प्रस्तुत गरेको छ । लिग चरणमा लगातार पाँच खेल जितेर प्लेअफमा स्थान बनाएको सुदूरपश्चिम केवल एक खेलमा पराजित भयो । लिग चरणको अन्तिम खेलमा विराटनगर किङ्ग्ससँग सुदूरपश्चिम रोयल्सले हार व्यहोरेको थियो । अन्तिम खेलमा पराजय भोग्यो । तर, पहिलो क्वालिफायरमा त्यही विराटनगर किङ्सलाई नै ७७ रनले पराजित गर्दै सुदूरपश्चिमले सीधै फाइनल यात्रा तय ग¥यो । गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिमले यसपटक विजेताको उपाधि जित्ने लक्ष्य राखेको छ ।

अर्कोतर्फ, कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणमै बाहिरिएको थियो । तर, यस संस्करणमा निरन्तर सुधारिएको खेल देखाउँदै ट्रफी उठाउने दृढ संकल्पका साथ लुम्बिनीले फाइनल खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि