पाकिस्तानका लडाकु विमान अपडेट गर्न ६८६ मिलियन डलरमा प्रविधि बेच्दै अमेरिका

एजेन्सी, २६ मंसिर । अमेरिकाले पाकिस्तानलाई एफ–१६ लडाकु विमान अपडेट गर्न ६८६ मिलियन अमेरिकी डलरमा आधुनिक प्रविधिको बिक्रीलाई मन्जुरी दिएको छ ।

अमेरिकी रक्षा सुरक्षा सहयोग एजेन्सीले सोमबार संसद्लाई पठाएको पत्रमा यो मन्जुरी दिएको हो । यो प्याकेजमा लिंक १६ प्रणाली क्रिप्टोग्राफिक उपकरण, एभियोनिक्स अपडेट, तालिम र लजिस्टिक समावेश रहेको बताइएको छ ।

अमेरिकी रक्षा सुरक्षा सहयोग एजेन्सीको पत्रमा बिक्रीको कारण स्पष्ट पार्दै यसले अमेरिकाको विदेश नीति र राष्ट्रिय सुरक्षा उद्देश्यहरूलाई समर्थन गर्ने बताएको छ । 

यसको उद्देश्य पाकिस्तानको एफ–१६ बेडालाई आधुनिक बनाउनु र परिचालन सुरक्षासम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्नु हो ।

पत्रमा यसले वर्तमान र भविष्यका खतराहरूको सामना गर्नका लागि पाकिस्तानको क्षमतालाई कायम राख्ने उल्लेख गरिएको छ ।

पाकिस्तानका एफ–१६ लडाकु विमानका ब्लक–५२ र मिड लाइफ अपग्रेड मोडेलहरूलाई अपडेट गरिने बताइएको छ । यी अपडेटहरूले पाकिस्तान वायु सेना र अमेरिकी वायु सेनाका बीचमा युद्ध अभियान, अभ्यास र तालिममा अधिक सहज एकीकरण र अन्तर–सञ्चालन प्रदान गर्ने बताइएको छ । 

पत्रमा पाकिस्तानले प्रविधिलाई अपनाउन उत्सुकता देखाएको छ । कुल अनुमानित बिक्री मूल्य ६८६ मिलियन अमेरिकी डलर छ, जसमा मुख्य रक्षा उपकरणको मूल्य ३७ मिलियन डलर र अन्य सामग्रीहरूको मूल्य ६४९ मिलियन डलर छ । द इन्डियन एक्सप्रेस 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ