एशियाली देशहरूमा उच्च आयात कर लगाउने मेक्सिकोको निर्णय

एजेन्सी, २६ मंसिर । मेक्सिकोले आफूसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) नभएका भारत, चीन, थाइल्यान्ड र इन्डोनेशियाजस्ता एशियाली देशहरूका झन्डै १ हजार ४ सय सामग्रीमा ५ देखि ५० प्रतिशतसम्मको उच्च आयात कर लगाउने निर्णय गरेको छ ।

राष्ट्रपति क्लोडिया शिनबामको प्रस्ताव संसदले पारित गरेपछि आउँदो जनवरी १ तारिखदेखि यो नियम लागू हुने बीबीसीले जनाएको छ । उच्च आयात शूल्कका कारण भारतीय निर्यात विशेष गरी कार उद्योग सबैभन्दा बढी प्रभावित हुने अनुमान छ । अहिलेसम्म २० प्रतिशत रहेको कारमा आयात शुल्क अब ५० प्रतिशत पुग्नेछ । यसले फक्सवागन, ह्यून्डाई, निसान र मारुति सुजुकीले मेक्सिको पठाउँदै आएका झन्डै १ अर्ब डलर बराबरका कार निर्यातमा प्रत्यक्ष असर पार्नेछ ।

मेक्सिकोका लागि  भारत दक्षिण अफ्रिका र साउदी अरबपछि तेस्रो सबैभन्दा ठूलो कार बजार हो । भारतीय कार निर्माताले भने मेक्सिकोमा बेचिने साना मोडेलका गाडीहरू खासै अमेरिकी बजारका लागि नभई मेक्सिकोकै मागअनुसार उत्पादन गरिने भएकाले यो कदम निकै घातक भएको बताएका छन् । चीन–अमेरिका बढ्दो व्यापार तनावकाबीच चीनमाथि पनि ५० प्रतिशतसम्म कर बढाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि विभिन्न वस्तुमा उच्च कर लगाउने चेतावनी दिएको बेला मेक्सिकोले अमेरिकासँग व्यापार सम्झौता सुरक्षित गर्ने प्रयासस्वरूप यो कदम चालेको खवरमा उल्लेख छ ।

मेक्सिकोका उद्योगपतिहरुले भने उच्च भन्सारका कारण उत्पादन लागत बढ्ने, महँगाइ चुलिने र घरेलु उद्योगलाई उल्टै क्षति हुने चेतावनी दिइरहेका छन् । त्यहाँको सरकारले भने नयाँ आयात कर लागू भएपछि २ अर्ब ८ करोड डलर बराबरको अतिरिक्त राजस्व आर्जन गर्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ