आजको मौसम

काठमाडौँ, २४ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार अहिले गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा  मौसम मुख्यतया सफा रहने छ । 

त्यस्तै आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ फागुन । सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो छन् ।

काठमाडौँ, १९ फागुन । धनुषाको मिथिला नगरपालिकामा शंकास्पद वस्तु विस्फोट हुँदा दुई बालबालिका घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, १९ फागुन । भक्तपुरबाट हतियारसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–९ घर भई

काठमाडौँ, १९ फागुन । बजारमा सागको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो