‘तीन दिने’ आवासिय प्रशिक्षण कार्यशाला आयोजना

काठमाडौँ, २३ मंसिर । लागूऔषध प्रयोगकर्ता महिला तथा यौनिक अल्पसङ्ख्यकमाथि हुने विविध प्रकारका हिंसा, क्षति न्यूनिकरण र प्रजनन् स्वास्थ्य अधिकार सम्वन्धी तीन दिने आवासिय प्रशिक्षण कार्यशालाको आयोजना गरिएको छ ।

नेपाल परिवार नियोजन सङ्घ र दृष्टि नेपालको सहकार्यमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत लागूऔषध प्रयोगकर्ता महिला तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूका लागि लैङ्गिक तथा प्रजनन स्वास्थ्य अधिकार र क्षति न्यूनिकरण आवासीय कार्यशालाको आयोजना गरिएको हो ।

नेपाल परिवार नियोजन संघको केन्द्रिय क्लिनिक पुल्चोक र सुनसरी शाखा तथा दृष्टि नेपालका सेवा प्रदायकहरू र सरोकारवालाहरुको सहभागितामा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दै प्रशिक्षण दिनुभएको हो । कार्यशालामा सहभागीहरूले लागूऔषध प्रयोगकर्ताहरूले भोग्नुपरेको स्वास्थ्य चुनौती, यौन तथा प्रजनन् स्वास्थ अधिकार (क्च्ज्च्), क्षति न्यूनिकरणका उपाय, सेवा प्रवाहमा आवश्यक संवेदनशीलता तथा भेदभावरहित समुदायमैत्री सेवा प्रदान गर्ने सीपबारे छलफल गर्नुभएको थियो ।

नेपाल परिवार नियोजन सङ्घका अर्थ निर्देशक श्री नवराज ढकालले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले लागूऔषध प्रयोगकर्ता महिला तथा यौनिक अल्पसङ्ख्यक समुदाय लक्ष्यित यस्ता कार्यशाला, तालिम, प्रशिक्षणले समुदायका लागि सुरक्षित, सम्मानजनक सेवा प्रवाह सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो । दृष्टि नेपालकी संस्थापक अध्यक्ष परिना लिम्बूले प्रजनन् स्वास्थ्य तथा क्षति न्यूनिकरण सेवामा अन्तर–संस्थागत सहकार्य अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै स्वास्थ्य सेवा प्रदायकहरूले लागु औषध प्रयोगकर्ता सेवा ग्राहीले पनि लान्छना र भेदभाव रहित सेवा पाउने हक रहेको बताउनुभयो । नेपाल परिवार नियोजन सङ्घका परियोजना संयोजक श्री प्रकाश डंगोलका अनुसार, १६ दिने अभियान अन्तर्गत आयोजित आवासीय कार्यशालाले प्रजनन् स्वास्थ्य अधिकार र क्षति न्यूनिकरणको सवालमा सेवाग्राहीहरु सूसुचित हुने अवसर प्रदान गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुलीको सिन्धुलीको कमलामाई नगरपालिका–४

काठमाडौँ, २० फागुन । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सले आज

काठमाडौँ, २० फागुन । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोली निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको छ । गृह

काठमाडौँ, २० फागुन । बजारमा स्ट्रबेरीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज स्ट्रबेरीको