रूसी सेनामा कार्यरत भारतीय युवा सुरक्षित फर्काइदिन पुटिनलाई मोदीको आग्रह

एजेन्सी, २० मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा रूसी सेनामा भर्ती भएका भारतीयहरूको मुद्दा उठाएका छन् । उनले पुटिनसँग रूसी सेनामा भर्ती भएका भारतीयहरूको सुरक्षित फिर्तीको माग गरेका हुन् ।

भारतको विदेश मन्त्रालयका अनुसार कम्तीमा ४४ जना भारतीयहरू रूसी सेनामा फसेका छन् । भारतीयहरू जस्तै नेपाली युवाहरू पनि रूसी सेनामा भर्ती भएका छन् ।

भारत भ्रमणमा रहेका पुटिन र मोदीले लगभग २४ घण्टाको अन्तरालमा ३ पटक भेटवार्ता गरे । दुई नेताले सँगै निजी रात्रिभोज, द्विपक्षीय वार्ता, संयुक्त पत्रकार सम्मेलन र भारत-रूस व्यापार मञ्चको बैठकलाई सम्बोधन गरेका छन् ।

यद्यपि, यो भेटका क्रममा दुई देशबीच कुनै ठूलो रक्षा सम्झौताको घोषणा भएन। यसअघि धेरै रिपोर्टहरूमा भारत-रूसबीच कुनै लडाकू विमान वा ठूलो रक्षा सम्झौता हुने कुरा गरिएको थियो।
भारत र रूसबीच १९ वटा सम्झौतामा हस्ताक्षर भएको छ। यसको उद्देश्य भारत-रूस व्यापार बढाउनु हो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ