जन्मसिद्ध नागरिकता अन्त्य गर्ने राष्ट्रपति ट्रम्पको योजना सर्वोच्च अदालतमा

एजेन्सी, २० मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने योजनासँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा पुगेको छ ।

संवैधानिक रूपमा अत्यन्तै संवेदनशील मानिने यो विषयमा सर्वोच्च अदालतले हिजो सुनुवाइ गर्न सहमति जनाएको अल जजिराले उल्लेख गरेको छ । अदालतले अझै सुनुवाइको मिति तोकेको छैन, तर आउँदो वर्षको शुरूतिर बहस प्रारम्भ हुने र जून महिनासम्ममा निर्णय आउने अनुमान गरिएको छ ।

ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिन, जनवरी २० मा, एक कार्यकारी आदेश जारी गर्दै अवैधानिक रूपमा अमेरिकामा रहेका व्यक्तिहरू वा अस्थायी भिसामा रहेका अभिभावकका बालबालिकालाई स्वतः अमेरिकी नागरिकता नदिइने व्यवस्था घोषणा गर्नुभएको थियो ।

तर संघीय अदालतहरूले लगातार यो आदेशलाई असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएका थिए । अमेरिकी संविधानको १४औँ संशोधनमा ‘अमेरिकी भूमिमा जन्मिएका सबै व्यक्ति नागरिक हुन्’ भन्ने प्रावधान छ । तर ट्रम्प प्रशासनले अवैधानिक रूपमा आएका वा अस्थायी भिसामा रहेका व्यक्तिहरू देशको अधिकार क्षेत्र भित्र नपर्ने भन्दै आएको छ ।

यसै वर्ष अदालतले ट्रम्प प्रशासनका अन्य कडा आप्रवासन नीतिहरूलाई पनि कार्यान्वयन गर्न अनुमति दिएको थियो । यो मुद्दाले अमेरिकामा नागरिकता अधिकार, आप्रवासन नीति तथा संवैधानिक व्याख्याको आधारभूत प्रश्न पुनः चर्चामा ल्याएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर