हङकङमा निर्माणाधीन भवनहरुमा लगाइएका जाली तत्काल हटाउन सरकारको आदेश

एजेन्सी, १८ मंसिर । हङकङमा गएको बुधवार वाङ फुक कोर्ट नामको आवासीय भवनमा भएको ठूलो आगलागीपछि त्यहाँको सरकारले निर्माणाधीन भवनहरुमा लगाइएका जाली तत्काल हटाउन आदेश दिएको छ ।

अहिले मर्मत र रंगरोगन चलिरहेका सबै भवनमा लगाइएको स्क्याफोल्डिङ जालीलाई पर्सि शनिवारसम्म अनिवार्य हटाउन आदेश दिइएको बीबीसीले जनाएको छ ।

अनुसन्धानले भवन वरिपरि प्रयोग गरिएको सुरक्षात्मक जाली आगो रोक्ने मापदण्डअनुसार नबनेको पत्ता लागेको दाबी गरिएको छ । सरकारको यो आदेशले झन्डै तीन सय भवन प्रभावित हुनेछन् । कम गुणस्तरको जाली प्रयोग गर्ने ठेकेदारलाई कडा कारबाही गर्ने सरकारले चेतावनी दिनएको छ ।

अहिले हङकङमा २ सय वटा निजी र १० वटा सार्वजनिक भवन मर्मतमा छन् । ती भवनहरुको जालीका नमुना लिएर परीक्षण भइसकेको छ । वाङ फुक कोर्टमा आगो जाली र बाहिरका अन्य सजिलै बल्ने सामग्रीका कारण एक टावरबाट अर्कोमा छिट्टै फैलिएको अधिकारीहरूको भनाइ छ । आगलागीमा  १ सय ५९ जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ