१९ वटा देशबाट अमेरिकामा आवास अनुमति पाएकाहरुमाथि फेरि छानबिन हुने

एजेन्सी, १२ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले १९ वटा देशबाट अमेरिका गएका स्थायी बसोबास अनुमति प्राप्त व्यक्तिहरूमाथि फेरि छानबिन गर्ने निर्णय गरेको छ ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआइएस) का प्रमुख जोसेफ एड्लोले राष्ट्रपति ट्रम्पले हरेक आप्रवासीको आवास अनुमति कडाइका साथ फेरि परीक्षण गर्न निर्देशन दिएको बताउनुभएको छ ।

यो सूचीमा अफगानिस्तान, क्यूबा, हाइटी, इरान, सोमालिया, भेनेजुएला लगायतका देश रहेका बीबीसीले जनाएको छ । यो घोषणा वासिङ्टन डीसीमा अस्ति बुधबार दुई जना राष्ट्रिय सुरक्षाबल (नेशनल गार्ड) का सदस्यमाथि भएको गोलीकाण्डपछि आएको हो । त्यो घटनामा  आरोपित रहमानुल्लाह लाकानवाल सन् २०२१ मा अमेरिकाले अफगान नागरिकका लागि बनाएको विशेष आप्रवासन कार्यक्रम अन्तर्गत गएका थिए ।

राष्ट्रपति ट्रम्पले यस घटनाले ‘राष्ट्रको ठूलो सुरक्षा जोखिम’ प्रस्ट भएको टिप्पणी गर्नुभएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख एड्लोले सामाजिक सञ्जालमार्फत अमेरिकी नागरिकको सुरक्षा नै सबैभन्दा पहिला रहेनको भन्दै अघिल्लो बाईडन प्रशासनका लापरबाहीपूर्ण पुनर्वास नीतिको मूल्य अब अमेरिकाले तिर्नुनपर्ने बताउनु भएको छ ।

गोलीकाण्डपछि राष्ट्रपति ट्रम्पले कडा प्रतिक्रिया दिँदै अघिल्लो प्रशासनले अज्ञात र जाँच–पड़ताल नगरी २ करोडभन्दा धेरै मानिसलाई देशभित्र ल्याएको बताउनुभएको छ । यसैबीच, अस्तिदेखि नै अफगान नागरिकका सबै आप्रवासन मागपत्रहरूको प्रक्रिया स्थगित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ