बीपीएल अक्सनमा सन्दीप लामिछानेसहित ५ खेलाडी सूचीकृत

काठमाडौँ, ११ मंसिर । बंगलादेश प्रिमियर लिग (बीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा नेपालका पाँच खेलाडीहरू सूचीकृत भएका छन्।

नेपालका यी पाँच खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र अनुभवका आधारमा विभिन्न क्याटगोरीमा राखिएको छ । सन्दीप लामिछाने क्याटेगोरी बीमा बीपीएलको ड्राफ्टमा सूचीकृत भएका छन् ।

दीपेन्द्र सिंह ऐरी क्याटेगोरी डी मा पर्दा आसिफ शेख, गुलशन झा र सोमपाल कामी क्याटेगोरी ई मा समावेश भएका छन् ।

नेपाली टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेले यसअघि पनि विश्वभरका विभिन्न फ्रेन्चाइज लिगहरू खेलिसकेका छन् । उनी बीपीएलमा अनुबन्ध हुने बलिया दाबेदार हुन् ।

अलराउन्डर दीपेन्द्र सिंह ऐरी उत्कृष्ट लयमा रहेका छन् । विकेटकिपर ब्याटर आसिफ शेख, तीब्र गतिका बलर सोमपाल कामी र युवा अलराउन्डर गुलशन झा पनि अक्सन ड्राफ्टमा परेका छन् ।

यी पाँच खेलाडीले अक्सनबाट कुनै टिमले अनुबन्ध गरेमा आगामी सिजनको बीपीएलमा खेल्ने मौका पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि

काठमाडौँ, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबानपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि

एजेन्सी, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार