आज एनपीएलमा विराटनगर र चितवन भिड्दै

काठमाडौँ, १० मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन् ।

विराटनगर सन्दीप लामिछाने कप्तान रहेको टिम हो भने चितवनका कप्तान कुशल मल्ल हुन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।

तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ । दुई खेल मात्र खेलेको चितवनको दुई अंक मात्र छ । विराटनगरले अहिलेसम्म हारको सामना गरेको छैन। पहिलो खेलमा पहिलो खेलमा पोखराविरुद्ध ५३ रनको जित निकालेको विराटनगरले दोस्रो खेलमा काठमाडौंमाथि ५ विकेटको जित निकाल्दा तेस्रो खेलमा जनकपुरमाथि ९ रनको सनसनीपूर्ण जित हात पारेको हो। अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर तोस्रो स्थानमा छ ।

चितवन भने तालिकाको पाँचौं स्थानमा छ। पहिलो खेलमा कर्णालीविरुद्ध चार विकेटको जित निकालेको चितवन दोस्रो खेलमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको हो। दुवै टिम आज जित्नै पर्ने दबाबका साथ मैदानमा हुनेछ । विराटनगर शीर्ष स्थानमा उक्लिन चाहन्छ भने चितवन तेस्रो खेलबाट थप अंक जोड्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि