विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो

काठमाडौँ, ८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लगातार तेस्रो जीत हासिल गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो ।

विराटनगरले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । जनकपुरका जान निकोल लोफ्टी–इटनले सबैभन्दा धेरै ४१ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन बनायो । विराटनगरका शुभम् रन्जानेले ३७, बसिर अहमदले ३६ रन बनाए । जनकपुरका रूपेश सिंह र सङ्गीत कुरेले २/२ विकेट लिए ।

यो जीतसँगै विराटनगर ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जनकपुरले भने लगातार दाेस्राे हार बेहाेरेकाे छ ।

एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने

काठमाडौँ, ८ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित

काठमाडौँ, ८ असोज । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन