ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेनसमक्ष राखे कडा सर्त

एजेन्सी, ७ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेनसमक्ष कडा सर्त राखेका छन् ।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई वासिङ्टनले तयार पारेको २८ बुँदे शान्ति प्रस्ताव २७ नोभेम्बरभित्र स्वीकार गर्न अल्टिमेटम दिएका छन् ।

फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले आउँदो जाडोमा हुने रक्तपात रोक्न तत्काल कदम चाल्नुपर्ने बताए । उनले आफूहरूको प्रस्ताव स्वीकार नगरिए युक्रेनले वासिङ्टनको समर्थन गुमाउने सम्भावना रहेको बताएका छन् ।

ट्रम्पले अमेरिकी शान्ति योजना रुसको पक्षमा देखिए पनि जेलेन्स्कीसँग यसलाई स्वीकार गर्नुको विकल्प नरहेको जिकिर गरे ।

युक्रेनले आफ्नो भूभाग गुमाइरहेको र शान्ति सम्झौता नगरे अझै धेरै गुमाउनुपर्ने दाबी ट्रम्पको छ ।

उता जेलेन्स्कीले शान्ति स्थापनाका लागि अमेरिका र युरोपका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग मिलेर काम गर्न आफूहरू तयार रहेको बताएका छन् । युरोपेली मुलुकहरूले पनि युक्रेनलाई निरन्तर साथ दिने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

जर्मनी, फ्रान्स र बेलायतका नेताहरूले जी–७ सदस्यहरूसँग परामर्श गर्दै रुसी आक्रमणलाई युरोपको अस्तित्वकै लागि खतरा मानेका छन् । उनीहरूले जुनसुकै परिस्थितिमा पनि युक्रेनको पक्षमा उभिने आश्वासन दिएका छन् । वालस्ट्रिट जर्नल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ