लुम्बिनीमाथि कर्णालीको ९ विकेटको शानदार जित

काठमाडौँ, ६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको शानदार जित दर्ता गरेको छ ।

लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभर २ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो । कर्णालीका लागि ओपनर मार्क वाटले शतक प्रहार गरे । ४४ बलमा वाटले ६ चौका र १२ छक्कासहित ११४ रनमा अविजित रहे ।

उनी एनपीएल-२ मा पहिलो शतक प्रहार गर्ने टोली बनेका छन् । प्रियांकन पञ्चाल १२ रनमा आउट हुँदा विल्लियम वोसिष्टो २९ रनमा अविजित रहे । लुम्बिनीको बलिङमा शेर मल्लले एक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । उनले ४३ बलमा २ छक्का र ४ चौका प्रहार गरे । रुवेन ट्रम्पलमनले आक्रमक फिनिसिङ गरे । उनी १४ बलमा २९ रन बनाएर अविजित रहे ।

डार्सी सर्ट १९, सन्दीप जोरा १, दिलिप नाथ ६, गुल्बदिन नइव ७, सुमित महर्जन ४ र समीर अलि १ रनमा आउट भए । शेर मल्ल ७ रनमा अविजित रहे । बलिङमा कर्णलीका नन्दन यादवले २, गुल्सन झा, मार्क वाट, विपिन खत्री र युवराज खत्रीले एकएक विकेट लिए । आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाण्डु गोर्खाजबिच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र