नेकपाका चार नेताद्वारा सचिवालय बैठक बहिस्कार : स्थायी कमिटीको बैठक आह्वान

काठमाडौँ, २२ मङ्सिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार नेताले सचिवालय बैठक बहिस्कार गरे पनि स्थायी कमिटीको आह्वान भने गरेको छ ।

अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक निर्धारित समयमा शुरु हुन नसकेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकबाट बाहिरिएका हुन ।

चार नेता बैठकमा नवसे पनि बाँकी नेताहरु बसेर स्थायी कमिटीको बैठक २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णय गरेको छ । त्यस्तै महासचिव विष्णु पौडेलले दुई अध्यक्षको छलफल चलिरहेकाले बैठक बस्न ढिलो भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्