लुम्बिनीलाई चितवनले दियाे १ सय ४३ रनकाे लक्ष्य

काठमाडौँ, ४ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनाेजले लुम्बिनी लायन्सलाई १ सय ४३ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनायाे । चितवनका रवि बाेपाराले ६६ रन बनाए । प्रतियाेगितामा बाेपाराकाे याे लगातार दाेस्राे अर्धशतक हाे । लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिए ।

प्रतियाेगितामा लुम्बिनीकाे याे पहिलाे खेल हाे । चितवनले यसअघि आफ्नाे पहिलाे खेलमा कर्णाली याक्सलाई हराएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् । प्रहरी वृत्त कीर्तिपुरका अनुसार पक्राउ

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो