सिड्नीमा ‘एलजी फेस्ट’ हुँदै

काठमाडौँ, ३ मंसिर । एलजी एसोसिएसनको आयोजनामा आगामी शनिबार (नोभेम्बर २२) सिड्नीको ओलम्पिक पार्कमा ‘एलजी फेस्ट, २०२५’ आयोजना हुने भएको छ ।

कार्यक्रममा चर्चित ब्यान्ड जोन एन्ड दी लोकल्स, र्‍यापर योद्धा र स्वप्नील शर्माको ब्यान्डको विशेष प्रस्तुति रहनेछ ।

अस्ट्रेलियाका अन्य सहरको सांगीतिक यात्रा सकेर कलाकारहरू अब सिड्नीमा प्रस्तुतिका लागि तयार रहेको आयोजकले जनाएको छ ।

आयोजक ध्रुब गुरुङका अनुसार, प्रतिष्ठित भेन्यू मानिने ओलम्पिक पार्कमा हुने कार्यक्रमका लागि ६ हजारभन्दा बढी टिकट बिक्री भइसकेको छ । युवा पुस्ताको मागलाई ध्यानमा राख्दै सांगीतिक महोत्सव आयोजना गरिएको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने

काठमाडौँ, १ असोज । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३

काठमाडौँ, १ असोज । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

काठमाडौँ, १ असोज । अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) गरेको आरोपमा एक जना चितवनबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो