बेलायतले अवैध आप्रवासी फिर्ता नलिने मुलुकहरूको भिसा रोक्ने

एजेन्सी, २ मंसिर । बेलायतले अब आफ्ना नागरिक फिर्ता लिन नमान्ने मुलुकहरूलाई भिसा नदिने नीति लागू गर्ने भएको छ ।

बेलायती गृहमन्त्री शबाना महमुदले सोमबार सार्वजनिक गरेको यो कडा कदम ‘अवैध आप्रवासन रोक्न’ ल्याइएको बताइएको छ ।

पहिलो चरणमा अङ्गोला, नामिबिया र कंगो लोकतान्त्रिक गणतन्त्रका नागरिकहरूलाई युके भिसा रोक्ने निर्णय गरिएको छ । यी देशहरूले आप्रवासी फिर्ता प्रक्रियामा सहयोग नगरेको र आवश्यक कागजात समयमै नपठाएको त्यहाँको गृहमन्त्रालयको आरोप छ ।

अहिले युकेमा हजारौँ अवैध आप्रवासी तथा अपराध मुद्दामा परेका व्यक्तिहरू रहेका कारण, फिर्ता प्रक्रियामा चाँडो सुधार गर्न सरकार दबाब बढाइरहेको बताइएको छ ।

भारतले पनि आफ्ना अवैध आप्रवासी फर्काउन ढिलाइ गरिरहेको आरोप छ, र आगामी वर्ष यस्तो प्रतिबन्धको सूचीमा पर्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर